NRN
बुधबार सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक गरेको मूल्य अनुसार आज पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् मंगलबार पनि सुनको भाउ स्थिर रहेको थियो । मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ ।

मंगलबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १७ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update