NRN
ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत

पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पलेशाले पारा तेक्वान्दो के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् । पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए ।

पलेशाको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले विमानस्थलदेखि राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गण त्रिपुरेश्वसम्म नगर परिक्रमा गराएको छ । र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याको छ ।

राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update