NRN
नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमण अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ ।

श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार त्यसतर्फ लागेको थियो।

मंगलबार पहिलो अभ्यास खेल पनि वर्षाको कारण हुन सकेको थिएन । आज दोस्रो खेल पनि वर्षाको कारण हुन सकेन । नेपालले तेस्रो तथा अन्तिम खेल अव बिहीबार खेल्नेछ ।

नेपाल शनिबारसम्म श्रीलंकामा रहेर अभ्यास गर्नेछ । त्यसपछि नेपाली टोली लिग २ खेल्न क्यानडा जानेछ । नेपाल, क्यानडा र ओमानबीच लिग २ मा प्रतिस्पर्धा हुनेछ ।

विश्वकप लिग-२ को एकदिवसीय सिरिज

नेपाल भर्सेस क्यानडा – भदौ ३१(१६ सेप्टेम्बर)- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज २ गते (१८ सेप्टेम्बर)- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज ६ गते (२२ सेप्टेम्बर) –  नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान -  असोज ८ गते (२४ सेप्टेम्बर) - नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

त्यसपछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।

टी-२० सिरिज खेल तालिका

नेपाल भर्सेस क्यानडा – असोज १२ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो, नेपाल भर्सेस ओमान – असोज १३ गते - नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो, नेपाल भर्सेस क्यानडा – असोज १५ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो, नेपाल भर्सेस ओमान – असोज १६ गते - नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियोमा हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update