NRN
तीन दिनदेखि सुनको मूल्य स्थिर, चाँदी तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

मंगलबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

बुधबारदेखि प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

बुधबार चाँदी प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update