NRN
सोम सापकोटा सम्मानित

    - राजन घिमिरे 

   गैर आवासीय नेपाली संघ एनआरएनएका उपमहासचिव सोम सापकोटा उत्कृष्ठ पर्यटन प्रवर्द्धकको रुपमा सम्मानित भएका छन्। बेलायतबाट सञ्चालित नेपालब्रिटेन डटकमले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा संयुक्त अधिराज्य वेल्सका पर्यटन प्रवर्द्धक समेत रहेका सापकोटालाई सम्मान गरेको हो।

 

नेपालको पर्यटनलाई विश्व बजारमा पुर्याउन र अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याए वापत उनलाई सम्मान गरिएको नेपाल ब्रिटेन डटकमले जनाएको छ। एनआरएनएका बर्तमान उपमहासचिव तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक समेत रहेका सापकोटाले संसारभरका नेपालीहरुलाई एक्वेवद्धता गर्दै नेपालको पर्यटन प्रवर्द्धन अभियान चलाइरहेका छन्। यस अघि उनले डेनमार्क र माल्टामा नेपाल पर्यटन बोर्डको मानार्थ जप्रतिनिधिको रुपमा भूमिका निर्वाह गरेका थिए। संयुक्त अधिराज्य बेलायात वेल्सको लागि नेपाल सरकारको तर्फबाट पर्यटन सद्‌भावना दुत रहेका सापकोटा पछिल्लो पटक पर्यटन प्रवद्र्धकको रुपमा भूमिका निर्वाह गरिरहेका छन्।

   लामो समयदेखि एनआरएनएमा आबद्ध सापकोटाले भुकम्पपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन युरोपभर भिजिट नेपाल २०१७ को अभियान चलाएका थिए। कोभिडको प्रभाव हटेपछि पनि विभिन्न देशका अधिकारी तथा कुटनीतिज्ञहरुलाई नेपाल भ्रमण गराउन भूमिका खेलेबापत सापकोटालाई सम्मान गरिएको हो। सापकोटा लुम्बिनी सांस्कृतिक नगरपालिकाका अन्तर्राष्ट्रिय संयोजक तथा भरतपुर भ्रमण वर्षका पनि अन्तर्राष्ट्रिय संयोजक हुन्।

  १७ वर्ष पुरानो बेलायतमा स्थापित सञ्चारमाध्यम नेपाल ब्रिटेन डटकमबाट सम्मानित हुन पाउँदा आफूलाई खुशी सँगै थप जिम्मेवारी थपिएको महसुस भएको सापकोटाले सुनाए। आगामी दिनमा पर्यटन प्रवद्र्धको रुपमा अझ सक्रिय हुने उनले बताए।

पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेवापत सापकोटा यस अघि नेपाल पर्यटन बोर्डबाट बारम्बार सम्मानित भएका छन् । युथ पार्लामेन्ट लगायत विभिन्न संस्थाले पनि उनलाई सम्मान गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update