NRN
बढ्यो नेपाली बजारमा आज सुन–चाँदीको मूल्य, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update