NRN
नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई लगाए दर्ज्यानी चिह्न

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति सिग्देललाई महारथी पदको फुली लगाइदिएका हुन् । 

साथै उनले सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए ।

राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाए ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update