NRN
अष्ट्रेलियामा चर्चा बद्री र सिन्धुको

- राजन घिमिरे 

  ‘ ससुरालीमा ख्याल ख्यालमै 

दिल बस्यो कान्छी सालीमा ‘

गायक बद्री पंगेनीलाई जवाफ दिंदै गायिका सिन्धु मल्ल थप्छिन ‘ नआउ भेना दिनदिनै भेट्न 

मैले पनि पर्ला नि लखेट्न….ससुरालीमा….’ 

  संभवत: लामो समयदेखी अहिलेसम्म नेपाली लोक दोहोरी गितमा सर्बाधिक सुनिेएको र गाईएको गित भित्र पर्दछ यो गित पनि भन्दा फरक नपर्ला । यो गीत रेकर्ड भएको तीन दशक पार भैसक्यो । तर, यो गीतको चर्चा , क्रेज र बजार आज पनि ताजै छ । बद्री र सिन्धुलाई गायन बिधामा स्थापित गराएको र चिनाएको यो गीत सुन्न र यो गीतमा झुम्न आजको पुस्ता पनि उत्तिकै लालायित छ भन्ने कुराको ज्वलन्त उदाहरण अष्ट्रेलियामा देखियो । 

अष्ट्रेलियामा  धेरै यूबा नेपाली बिध्यार्थीहरूको बाक्लो उपस्थिति छ  । नेपालबाट अष्ट्रेलिया आएको बर्षौ भैसक्दा पनि बद्री र सिन्धुले यो गीत गाउंदा यूबा बिध्यार्थीहरूमा देखिएको उत्साह सांच्चै गज्जबकै थियो  । बद्री र सिन्धु मल्ल तीन साता अगाडि सांगितिक कार्यक्रम प्रस्तुत गर्न अष्ट्रेलिया आएका थिए । यी दुईले बिभिन्न कार्यक्रमहरूमा गीत - संगीत पनि प्रस्तुत गरे तर, दुबैलाई एउटै स्टेजमा हेर्ने र दुबैलाई एकैपटक सुन्ने अष्ट्रेलियाबासी नेपालीहरूको चाहना भने पुरा हुन पाएन -‘ यसमा हाम्रो केही लागेन । आयोजक फरक फरक भएका कारण हामीले आयोजकको सेड्यूल अनुसार कार्यक्रम गर्नु पर्छ । सिन्धु जी र मेरो आयोजक फरक भएकोले हामी एउटै स्टोजबाट गुन्जिन पाएनौ -‘ बद्रीले स्पष्ट पारे । सिन्धु मल्लको भनाई पनि यस्तै थियो । उनले भनिन -‘ हामीलाई चिनाउंने यो गीत एकसाथ सुन्न धेरैले चाहना गर्नु भएको थियो । तर यस पटक मिलेन । आगामी दिनमा समयले साथ दिएमा हामी एउटै स्टेजबाट गुन्जने छौं -‘ 

दुबैलाई एक साथ सुन्न नपाएता पनि एक साताको फरकमा भने सिड्नीको ग्रयानभिलना  रहेको फ्लेभर्स अफ नेपालले बद्री र सिन्धुलाई एक साताको फरकमा सम्मान  गरेको थियो -‘ ससुरालीमा गीतको सफल जोडीलाई एकसाथ सुन्ने सपना पुरा नभए पनि दुबैलाई सम्मान गर्न पाएकोमा हामी गौरवान्वित छौं -‘  फ्लेभर्स अफ नेपालका प्रमुख राजेश केसीले भने । 

 

  यसै गरी कार्यक्रममा गैर आबासीय नेपाली संघ अष्ट्रेलियाका तर्फबाट सिन्धु मल्ललाई ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल , एनएसडब्ल्यू संयोजक बिनोद कुंवर, सचिब कल्याण खड्का र आई सि.सी. सदस्य हेमन्त काफ्लेले सम्मान गरेका थिए ।

   कार्यक्रममा दिनेश पोखरेलले आगामी दिनमा फलेभर्स अफ नेपाललाई बद्री र सिन्धुलाई एक साथ स्टेजमा उतारेर अष्ट्रेलियामा लोक गीत- संगीतको बजारलाई अझै तताउंन आग्रह  मात्र गरेनन् कि यो माहौल बनाउन आफू पनि लागि पर्ने  प्रतिबद्धता समेत ब्यक्त गरे । सम्मानित गायिका सिन्धु मल्लले बद्री पंगेनी र आफ्नो आबाजमा एक साथ गित सुन्ने अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूको चाहना पुरा हुने र त्यसको लागि आफू कार्यक्रम आयोजकहरूसंग छलफल गर्नै जानकारी दिइन ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update