NRN
सांसद पौडेलले गरिन् बाल श्रम शोषण गरेको आरोप लागेकी एमाले सांसद शर्मालाई कारबाहीकाे माग

सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले लुम्बिनी प्रदेशमा एमालेबाट सांसद बनेकी रेखा शर्मालाई कारबाहीको माग गरेकी छन् । 

सोमबार बसेकाे प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बाल श्रम शोषण गरेको आरोप लागेका सांसदलाई कारबाही गर्नुपर्ने माग गरेकी हुन् ।

सोही विषयमा केही समयअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले प्रदेशसभा सदस्यलाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।

‘निकृष्ट प्रकारले बालश्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,’ उनले भनिन्, ‘कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।’

 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update