- राजन घिमिरे
काठमाडाैं । लामो समयदेखी शैक्षिक क्षेत्रमा आबद्धता जनाउदै र बिद्यार्थी बिश्वास जित्दै आएको ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा आर्जन गर्न अमेरिका, क्यानडा, अष्ट्रेलिया र यूके जान चाहने बिध्यार्थीहरूका लागि फलदायी हुने जानकारी दिएका छन । उप्रेतीका अनुसार शैक्षिक मेला फ्रेबुअरी ६ देखी शुरू हुने छ । उनले भने -‘ फ्रेबुअरी ६ तारेखका दिन काठमाण्डौको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा आयोजना हुने छ । यसैगरी फ्रेबुअरी ८ मा इटहरी , ९ मा दमक ,१० मा बिर्तामोड, १२ मा चितवन र १६ तारेखका दिन बुटवलमा हामी बिधार्थीहरूमांझ शैक्षिक परामर्श दिन आउंदै छौं -‘ ।
शैक्षिक मेलामा बिध्यार्थीहरूले बिभिन्न देशका यूनिभर्सिटीसंग आबद्ध शैक्षिक परामर्शदाताहरूबाट प्रत्यक्ष रूपमा जानकारी पाउंन सक्ने कुरा बताइएको छ । यसैबीच शैक्षिक मेलामा सहभागिता जनाउने बिध्यार्थीहरूलाई ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले आइ एल एस र पि टि इ कक्षाको निशुल्क अध्ययन गराउने जानकारी कर्नरका नितेश उप्रेतीले गराएका छन । कर्नरको यो सोच र योजनालाई यतिबेला बिध्यार्थीहरूले सकारात्मक रूपमा लिएको पाईएको छ । मेला अबधिभर ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बिध्यार्थीहरूका लागि आकर्षक पुरस्कारको पनि ब्यबस्था गरेको छ ।