NRN
एभरेष्ट नेपाल कल्चरल ग्रुप फ्रान्स र स्पेनबाट  नेपाल फर्कियो

सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको "एभरेष्ट नेपाल कल्चरल ग्रुपले" फ्रान्सको क्यासत्रेस (Castres), सैन्त गिरोन्स (Saint Girons), सैन्त जुलिएन (Saint Julien), विक सुर केरे (Vic Sur Cere), तथा डक्स (Dax), लगाएतका शहरहरुमा र स्पेनको लेस प्रेसेस (Les Preses), तथा वार्सीलोना (Barcelona) मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ |

भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका २००० भन्दा बढी कलाकारहरुले भाग लिएको थिए, मेला फ्रान्सका भिभिन्न शहरहरुमा अगस्ट ३ तारिक देखी १८ तारिक सम्ममा र स्पेनमा अगस्ट १९ तारिक देखी अगस्ट ३१ तारिक सम्म चलेको थियो। एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी. कोइराला 'रामचन्द्र' को नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्य 'सिता' को निर्देशनमा गएको टोलीको नृत्य निर्देशन बरिस्ठ नृत्य निर्देशक जोगेन्द्र के. सि. ले गर्नु भएको थियो।

टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो| उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, यती, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो| मेलामा ग्रुपका प्रमुख आरसी. कोइराला 'रामचन्द्र', निर्देशक सितल आचार्य 'सिता', बरिस्ठ नृत्य निर्देशक जोगेन्द्र के. सी, बरिस्ठ वाध्यबादक धनेस्वोर तिवारी, बरिस्ठ गायक राम प्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदन मान मुनिकार, कृष्ण रसाल, चुडामणी फुयाल, शर्मिला तमाङ, चाहना राना मगर, अनिशा श्रेष्ठ, रमेश प्रशाद पौडेल डि पि कोइराला, ग्रुपका प्रबक्ता प्रदीप तिमील्सिना तथा बाल कलाकार सिराज कोइरालाले भाग लिएका थिए।

करीब एक महिना सम्म बिभिन्न शहरमा आयोजना भएको मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरुले बिशेष गरेर वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के सी ले ३ बर्ष देखी ७० बर्ष सम्मका महानुभाबहरुलाई नृत्य सिकाउनु भएको थियो।

फ्रान्सको डक्स शहरमा भएको सांस्कृतिक झांकीमा ४० हजार भन्दा बढी दर्शकले नेपालको झांकीलाई उत्कृष्ट भनेका थिए र झांकीमा यती र लाखे सँग तस्बिर लिन तछाड मछाडनै भएको थियो, त्यती मात्र कहाँ हो र बाल कलाकार (१९ महिने) सिराज कोइरालाको नमस्ते सहितको अभिवादनले ४० हजार दर्शक मोहित भएका थिए, आयोजकहरुको सामाजिक सन्जाल भरी बाल कलाकार सिराज कोइराला छाएका थिए।

सोहि अवसरमा ग्रुपका निर्देशक सितल आचार्य 'सीता' ले दुबै देशका सम्बन्धित नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाब तथा आयोजकलाई भेटि नेपालमा सांस्कृतिक पर्यटन प्रबर्दन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धि बिशेष कार्यक्रम सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताउनुभयो थियो भने, प्रवक्ता प्रदीप तिमील्सिनाले दुबै देशका कला पारखीहरु जस्ले मेला अवधी भर नेपाली नृत्य सिक्ने र बुज्ने अवसर प्राप्त गर्नुभयो वहाँहरुलाई नेपाली कल संस्कृतिको बारेमा जानकारी गराउनु भएको थियो।

कतीपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन तर कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मे सम्म थाहा छैन, नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति मार्फत विस्वभर राजदुत को काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवस्ता गरेको हुँदा दु:ख लाग्छ। कला संस्कृतिलाई प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुज्नु जरुर छ भन्छन एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी. कोइराला 'रामचन्द्र' ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update