NRN
लिग २ खेल्न क्यानडा जाँदै नेपाली क्रिकेट टोली, ओडिआई सिरिज भदौ ३१ देखि शुरू

नेपाल क्रिकेट संघ (क्यान) ले कोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाई गरेको छ । क्यानडा जानुअघि नेपाली टोलीको मंगलबार विहान विदाइ गरिएको हाे ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली मंगलबार राति क्यानडा प्रस्थान गर्दैछ । 

त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।

सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

ओडिआई सिरिज सकिएपछि सोही टोलीबीचमा टि ट्वान्टी आई सिरिज पनि हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टि ट्वान्टी आई सिरिजको पहिलो खेल असोज १२ गते नेपाल र घरेलु टोलीको बीचमा हुनेछ ।  दोस्रो खेल असोज १३ गते ओमानसँग खेल्नेछ। तेस्रो खेल नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेल असोज १६ गते ओमानसँग खेल्नेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update