NRN
अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा जमेको नेपाली जोडीको सुझाब : बच्चाहरूमा देखिएको समस्यालाई सहज नलिनुस

- राजन घिमिरे, सिड्नी  

जून बिषय पढेर अहिले जून पेशामा यो जोडी ब्यस्त छ । संभवत: अष्ट्रेलियामा नेपाली समुदायबाट यो पेशा अगांलेर अगाडि बढेको यो जोडी पहिलो जोडी भएको दावी गरिएको छ । सुनिल उप्रेती र दिब्यानी खरेल श्रीमान श्रीमतीको यो जोडीले अध्ययन गरेको बिषय हो अकुपेशनल थेरापी ।

यही बिषय अध्यन गरेका कारण पछिल्लो समय अष्ट्रेलियामा बच्चाहरूमा देखिएको अटीजम लगाएतका बिषयमा यो जोडीले उपचार गर्नुका साथै सर सल्लाह र परामर्श दिंदै आइरहेको छ । अष्ट्रेलियन सरकारको आँकडा अनुसार अष्ट्रेलियामा ५० जना मध्ये १ जना बालक अटिजमबाट पिडित हुने गरेका छन -‘ शुरूमा सबै आइटी, नरसिंग, कुकरी लगायतका बिषयमा पढ्नतिर लागे । तर मैले यो बिषयमा अध्यन पुरा गरें -‘ सुनिलले जानकारी दिए। सुनिलले यो बिषयको अध्यन सन २०११ मा सकाए भने काम चाहिं सन २०१२ बाट शुरू गरेका हुन ।

उनकी श्रीमती दिब्यानी खरेलले भने सन २०२४ देखी यो सेबा दिइरहेकी छिन । दुबैले यूनिभर्सिटी अफ सिड्नीबाट यो बिषयको अध्यन पुरा गरेका हुन । दुबैले यतिबेला सिड्नीको सेभेन हिल र ग्लेजउड हिलमा थेरापी प्वाइन्ट नामक क्लिनिक सन्चालन गरेर यसै मार्फत यो कम्पनीले अकुपेशनल थेरापी र स्पिच थेरापीको सेवा दिइरहेका छन ।

बच्चाहरूमा देखिने अटिजम समस्याका बारेमा नेपाली समाज त्यति जानकार नभैदिंदा बच्चाहरू ठूलो भएपछि समस्यामा पर्ने गरेको यथार्थता सुनिलले सुनाए । अहिले थेरापी प्वाईन्टमा सुनिल र दिब्यानीले १९ जना बिदेशीहरूलाई रोजगारी दिइरहेका छन । उमेर भैसक्दा पनि बच्चा ढिला बोल्ने , उमेर पुग्दा पनि हिड्न नसक्ने ,चकचक धेरै गर्ने , टोलाएर बस्ने , एक्लै बस्न खोज्ने , घुलमिल नहुने, बिध्यालय जान नमान्ने , गेम मात्र खेलेर बस्ने , कुरा नसुन्ने वा नबुझ्नेका साथै उमेर भैसक्दा पनी चम्चा काँटा प्रयोग गरेर खान नसक्ने ,आफै ट्वाईलेट जान नसक्ने , लुगा लगाउंन नसक्ने वा प्रयास नगर्ने लगायतका समस्याको समाधानका लागि हामी काम गर्ने गर्दछौ ।

बिदेशीहरू त बच्चामा यस्ता समस्या देखिनासाथ ल्याई हाल्छन तर नेपालीहरूको सोच भने बिस्तारै बोल्छ , उमेर भएपछि बोल्छ , पछि सबै ठिक हुन्छ भन्ने जस्ता कुरामा लाग्दा बच्चाहरूमा समस्या छन बिकराल देखिएको छ भन्दै दिब्यानी थप्छिन -‘ यस्ता समस्या भएका बच्चाहरूलाई बिधालय पठाउन के कस्ता तयारी गर्नु पर्छ । उनिहरू आफै लुगा लगाउंन सक्छन कि सक्दैनन् । शारिरीक रूपमा कत्तिको बिकाश भएको छ । यस्तो बारेमा पनि हामी परामर्श दिएर उपचार गर्दछौ । हामी संग अन्य समूदायहरू त आउंनु भएको छ तर नेपाली समुदाय यस्तो समस्याका बारेमा सचेत नभैदिदा धेरै नेपालीहरूका बच्चा मारमा पर्ने गरेको हामीले पाएका छौं -‘ ।

    

आफ्ना बच्चाहरूको उपचारका लागि थेरापी प्वाईन्टमा अभिभाबकहरूले ६ महिनादेखी १ बर्षसम्म पनि पालो कुरेर बस्ने गरेको पाईएको छ । सुनिल र दिब्यानीले घर घरमा पुगेर पनि सेबा दिइरहेका छन -‘ हामी नेपाली समुदायहरूसंग आग्रह गर्दछौ कि , आफ्नो सन्तानमा देखिएको समस्यालाई नलुकाउंनुस। पछि रोग बल्झिएर ठूलो भयो भने झनै समस्या पर्दछ ।

आफ्ना बच्चाहरूमा केही समस्या देख्नु भयो भने हामीसंग खुलेर सम्पर्क राख्न सक्नु हुन्छ -‘ उप्रेती र खरेल दम्पत्तीको आग्रह छ । पछिल्लो समय नेपालमा पनि बच्चाहरूमा यस्तो समस्या बढ्दै गएको बारेमा यो जोडी बिज्ञ रहेको पाईयो। यही कुरालाई बुझेर आफूले बिदेशमा पढेको र जानेको सिप र क्षमतालाई मातृभूमिमा पनि लैजाने योजनामा यो जोडी रहेको छ ।

   

  

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update