NRN
प्रधानमन्त्री ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

उक्त भ्रमणको एजेन्डाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन् ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update