NRN
मध्यपश्चिम विश्वविद्यालयको स्ववियुको शुक्रबारका लागि निर्धारित चुनाव स्थगित

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ ।

भदौ २८ गते हुने भनिएको चुनाव विवादसँगै अदालतमा रिट परेपछि स्थगित भएको हो । निर्वाचन दोस्रो पटक स्थगित भएको हो ।

मप विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो ।

स्ववियु निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफ्नो नाम छुटाएको भन्दै उच्च अदालत पुगेका थिए ।

रिटउपर सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले तत्काल स्ववियुको निर्वाचन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update