NRN
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल १० लाख धरौटीमा रिहा

भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कथित दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा केजरीवा पक्राउ परेका थिए ।

यसअघि केजरीवालले सीबीआईमा दुईवटा निवेदन दिएका थिए । एउटा निवेदन धरौटीमा रिहा गर्न नमानेको विरोधमा र अर्को निवेदन सीबीआईले आफूलाई पक्राउ गरेको विरोधमा थियो । तर सर्वोच्चले सीबीआईले गरेको केजरीवालको गिरफ्तारी कानुनसम्मत भएको ठहर गरेको थियो ।

भारतको आम निर्वाचनको बेलामा भने चुनाव सकिएलगत्तै हिरासतमै बस्नुपर्ने सर्तमा केजरीवाल केही दिन रिहा भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update