NRN
माओवादी संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुनेछ ।  

भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ नेकपा (एमाले)का सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेयता माओवादीले संसदमा विरोध जनाउँदै आएको छ ।

उक्त शब्दलाई रेकर्डबाट हटाउन माओवादी केन्द्रले गरेको मागमा ‘हिंसा’ शब्द असंसदीय नरहेको निष्कर्ष सुनाउँदै बुधबार सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन नपर्ने रूलिङ गरेपछि माओवादी केन्द्रले संसदमा विरोध जनाएको थियो । माओवादी केन्द्रको विरोधका कारण उक्त दिनको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

आजको संसदीय दलको बैठकमा त्यसबारेमा थप निर्णय हुनेछ । आजको बैठकमा उपसभामुखलाई सत्तापक्षले हटाउन खोजेको सम्बन्धमा पनि छलफल हुनेछ ।  

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update