NRN
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको दुर्घटनामा मृत्यु

बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो ।

दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो । पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएकी ३३ वर्षीय बुढाको दुर्घटनामा मृत्यु भएको र अन्यको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरीले जनाएको छ ।  

घटनामा तीन जनाको मृत्यु भएपनि अन्य दुई जनाको पहिचान खुलेको छैन । 

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update