NRN
नेपाली क्रिकेट टोलीले लिग–२ सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उक्त खेल शनिबार राती ७:४५ मा प्रतिस्पर्धा गर्नेछ ।नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

नेपाल,अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रेरिरी भ्यू ह्युस्टनमा अर्को महिना हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।

२०२६ डिसेम्बरसम्म चल्ने लिग-२ मा नेपाल ४ खेलमा १ मा जितसहित सातौं स्थानमा छ । आठ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update