NRN
क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा जाने भएकी छन् । क्यानडाको टोरन्टोमा हुने वुमेन्स फरेन मिनिस्टर्स मिटिङ (महिला परराष्ट्रमन्त्रीहरुको बैठक) मा सहभागी हुन लागेकी हुन् । 

उनी सोमबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ ।

राणाले असोज ३ मा उक्त कार्यक्रममा नेपालको परराष्ट्रमन्त्रीको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ ।

उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन् । परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जानेछिन् । 

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update