NRN
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका भुसाल भेटिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कबिहीन भएका एक व्यक्ति भेटिएका छन् ।

पर्वत पैयूँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हिजो शनिबार राति १०:३० बजेदेखि सम्पर्कबिहीन भएका थिए । विमानस्थल ओर्लिएपछि आफन्तको सम्पर्कमा आएका उनी त्यसपछि हराएका थिए।

भुसालका आफन्तले आज बिहान गौशाला प्रहरी वृत्तमा उनी हराएको भन्दै निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

विमानस्थलमा रहेको सिसिटिभीको भिडिओमा शनिवार राति नै भुसाल बाहिरिएको भेटिएको र सोही आधारमा खोजी गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पठाओ चालकले भुसालका आफन्तलाई फोन गरेर उनलाई कहाँ ल्याइदिनुपर्ने हो भनेर सोधेका थिए। 

उनी आफ्ना छिमेकीहरुसँग अमेरिकाबाट काठमाडौं आएका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update