NRN
पहिलो ‘अवे’ सिरिज खेल्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले सोमबारदेखि आफ्नो दोस्रो सिरिज तथा पहिलो अवे सिरिज खेल्दैछ । 

आज क्यानडासँग खेलेर नेपालले पहिलो अवे सिरिजको सुरूवात गर्न लागेको हो । ओन्टेरियाको किंग सिटीमा नेपाली समयअनुसार राति ७:४५ बजे नेपालले घरेलु टोलीसँग खेल्नेछ । 

यो सिरिजमा नेपाल र क्यानडासँगै ओमान पनि सहभागी छ । ओमान र नेपालले यसअघि एउटा सिरिज मात्र खेलेका छन् । जसमा नेपाल र ओमानले दुवै टोलीले चारमध्ये एक खेलमा मात्र जित निकाल्न सकेका छन् । 

क्यानडाले भने सुरूवाती दुई सिरिज खेलिसकेको छ । जसमा क्यानडाले नेदरल्यान्ड्स र अमेरिकासँगको पछिल्लो सिरिजका एक खेलमा मात्र जित निकालेको थियो । 

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।

विश्वकप लिग-२ को एकदिवसीय सिरिज तालिक
नेपाल भर्सेस क्यानडा – भदौ ३१- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज २ गते- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज ६ गते –  नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान -  असोज ८ गते - नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

टी-२० सिरिज खेल तालिका

नेपाल भर्सेस क्यानडा – असोज १२ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १३ गते - नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज १५ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १६ गते - नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

टिम नेपाल 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update