NRN
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् ।

सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी निकट सांसद मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । 

यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेकी हुन् । 

त्यस्तै, विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी सांसद तुलसा दाहाल निर्वाचित भएकी छन् ।

सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update