NRN
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । 

विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

संसदका दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागु हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले आइतबार दुवै सदन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update