NRN
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले भदौ १४ गते समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो । कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कां‌ग्रेस सहभागी भएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् । सत्ताघटक कांग्रेसका २९, विपक्षी दलहरू माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update