NRN
रास्वपाको पहिलो राष्ट्रिय भेला सुरू

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला सुरू भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो ।

काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको उद्घाटन पार्टी सभापति रवि लामिछानेले घन्टी बजाएर भेलाको उद्घाटन गरेका हुन् ।

भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update