NRN
मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रूपैयाँ घटेको हो ।

त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update