NRN
विषादी प्रयोगलाई न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई गरे अनुरोध

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई विषादी प्रयोगलाई न्यूनीकरण गर्न अनुरोध गरेका छन् ।

मंगलबार बल्खु कृषि तथा तरकारी बजारको १३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री अधिकारीले विषादी प्रयोग नगरी कृषि उपज उत्पादन सम्भव नभएकाले विषादी प्रयोगमा न्यूनीकरण गर्न किसानलाई आग्रह गरेका हुन् ।

उनले उपत्यका बाहिर विषादी अनुगमन गर्दा मन्त्रालय आलोचितसमेत बनेको बताए ।

बल्खु कृषि तथा तरकारी बजारका व्यवस्थापक मोहन कुमार बस्नेतले कृषि उत्पादन हुने क्षेत्रमा नै विषादी परीक्षण गर्न माग राखे । उनले बजारमा आइसकेको कृषि उपजमा विषादीको परीक्षण गर्दा व्यवसायी मारमा परेको दाबी गरे । 

उत्पादन क्षेत्रमा नै विषादी परीक्षण गर्दा किसानलाई सचेत बनाउन सकिने बताए ।

कृषि उपजको ढुवानी सवारी साधनमा सरकारीले सहुलियत दिनु पर्ने, कृषि उपजको भण्डारणको व्यवस्थापन गर्नुपर्ने माग राखे ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update