NRN
लोसपा परित्याग गरेका महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको घोषणा गरेका छन् । गत फागुनदेखि यही नाममा अभियान चलाइरहेका महतोले आज मंगलबार काठमाडौँबाट नयाँ दलको घोषणा गरेका हुन् ।

आजबाट सुरू भएको राष्ट्रिय मुक्ति क्रान्ति राष्ट्रिय समितिको बैठकमा महतोले नयाँ दल दर्ताको घोषणा गरेका हुन् । उनले केही समयभित्रै यो दल निर्वाचन आयोगमा दर्ता गरिने जानकारी गराएका छन् ।

दर्ता प्रक्रियाबारेको निर्णय जारी बैठकले नै गर्नेछ । उक्त पार्टीको अध्यक्ष राजेन्द्र महतो आफै छन् । उनको यो सातौं पार्टी हो ।

केन्द्रीय समितिमा अभियानका सदस्यहरू नै रहेका छन् । जसमा सुमन साय्मी, बुद्धछिरिङ मोक्तान, केशव झा लगायत रहेका छन् ।

यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update