NRN
बुधबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update