NRN
बुधबार घट्यो अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएको अमेरिकी डलर आज एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसामा कारोबार भएको युरोपियन यूरो आज एकको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसामा कारोबार भइरहेको छ ।

मंगलबार एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसामा कारोबार भएको पाउण्ड स्ट्रलिङ आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update