NRN
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे सुरू हुनेछ ।

क्यानडामा नेपालले आज लिग-२ को दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपाल मंगलबार बिहान घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update