NRN
दरबारमार्ग क्षेत्रमा सवारी साधन आवतजावत बन्दहुँदा आसपास क्षेत्र जाममा

काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम भएको छ । दरबारमार्ग सडक बन्द हुँदा आसपास क्षेत्रमा सवारी साधन जाममा परेका हुन् ।

लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ, त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल लगायतका क्षेत्रमा जाम भइरहेको छ ।

असोज ३  गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार बिहानै एक सूचनामार्फत जानकारी गराएको थियो । 

केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गर्ने जनाएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update