NRN
मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । यसअघि सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो साता आइतबार र बुधवार बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा बस्ने गरी बोलाइएको छ । 

बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै केही थप निर्णय पनि हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update