NRN
बिहीबार पनि घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, बुधबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update