NRN
२० मिटर मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं उपत्यकामाको नदी खोला किनारमा थप  २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार माइतीघर मण्डलामा प्रभावित क्षेत्रका बासिन्दाहरूले मापदण्ड कायम गर्न दिएको आदेश खारेजीको माग गर्दै प्रभावितरहरू प्रदर्शनमा उत्रिएका हुन् ।

राजेन्द्र महतो, सुमन सायमी लगायतले सडकमा नै सुतेर विराेध प्रदर्शनमा सहभागिता जनाएका थिए ।

२०८० पुसमा सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन वटा तर्क अघि सारेर सरकारले पुनरावलोकनको निवेदन दिएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update