NRN
सिड्नीको बरूउड काउन्सिलको काउन्सलर पदमा नेपाली चेली बिजयी

- राजन घिमिरे

अन्तत: सिड्नीको बरउड काउन्सिलको काउन्सलर पदमा नेपाली चेली सुकृती भट्टले बिजयी प्राप्त गरेकी छन् । गत साता बरउडमा काउन्सलर पदको लागि चुनाब भएको थियो । नेपालीहरूको बाक्लो बस्ती रहेको यो स्थानमा यो पदमा चुनाबमा बिजयी हांसिल गर्ने सुकृति नै पहिलो नेपाली हुन् ।

स्थानिय निर्वाचनमा लेबर पार्टीले सिड्नीको बरउड क्षेत्रको काउन्सिलमा सुकृति भट्टलाई उमेदवारको रुपमा अगाडि सारेको थियो । सत्ताधारी दल लेबरबाट मेयर जोन फेकरको नेतृत्वमा सुकृतिले काउन्सिलरको उमेदवारको टिकट प्राप्त गरेकी थिईन् । एनआरएन अस्ट्रेलियामा समेत लामो अनुभव संगालेकी सुकृति लामो समयदेखि अस्ट्रेलियामा बसेर सामाजिक कार्यमा संलग्न रहँदै आएकी छन् - ‘ यो मेरो लागि मात्र नभइ हाम्रो समुदायको लागि पनि गौरवको कुरा हो-‘ सुकृतिले बताइन् । 

नेपालबाट अस्ट्रेलिया आएर बसिसकेपछि अब हामीले नेपालको राजनीति होइन यहाँको राजनीतिमा संलग्न हुनु पर्दछ भन्ने आफ्नो मान्यता रहेको र त्यसै मान्यतालाई अगाडि बढाउँदै आफूले स्थानीय राजनीतिमा उमेदवारी दिएको स्मरण सुकृतिले गरिन् । लेबवरको पकड भएको यस क्षेत्रमा सुकृतिको उमेदवारीलाई चुनाब अगाडि नै महत्वका साथ हेरिएको  थियो ।

यसैबीच बरउडकै स्थानिय नेपाली मतदाता तपिन्द्र थापाले अब अष्ट्रेलियाको मूल राजनितीमा नेपालीको प्रबेशसँगै हात परेको सफलता समग्र नेपालीहरूको शान र मान भएको धारणा राखे ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update