NRN
नेपाली बजारमा एकै दिन १५ सयले बढ्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो बिहीबारको तुलनामा एक हजार पाँच सय रूपैयाँ बढी हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले बढेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २५ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update