NRN
उपप्रधान तथा शहरी विकासमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली अमेरिका उडेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update