श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समिति बैठक स्थगित
श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।
भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् ।
प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो ।
यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।
भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ १२:१४
प्रतिक्रिया दिनुहोस्