नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । यसअघि गत आइतबार र सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।
सोमबार प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।