हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिनका बन्द
दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ ।
दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो । असोज ८ गतेदेखि १९ गतेसम्म सडकमा आवागमन बन्द गरी काम गर्न लागिएको हो ।
राजधानी पूर्वाधार विकास विशेष आयोजनाअन्तर्गत रहेको उक्त सडक खण्ड अहिले निर्माणाधीन छ ।
उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न अनुरोध गरिएको छ ।
यो बागमती प्रदेशको मुकाम हेटौंडादेखि काठमाडौं जोड्ने छोटो दुरीको मार्ग हो ।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्