NRN
एक वर्षमा छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी एरिकाको  विमानस्थलमा भव्य स्वागत

नेपालका लागि ऐतिहासिक पदक जितेकी कराते खेलाडी एरिका गुरूङ मंगलबार बिहान स्वदेश आइपुगेकी छन् । 

चीनको हाङझाओ शहरमा आयोजित  प्रतियाेगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । एरिकाको स्वागतमा नेपालका सयौं करातेकर्मी विमानस्थलमा पुगेका थिए । 

एरिकाले महिला ६८ केजीमाथि रजत पदक विजेता हुन् । सियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।

एरिकाको यो पाँचौं अन्तर्राष्ट्रिय सहभागिता हो भने छैटौं पदक हो । 

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन् ।  

यस्तै, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update