NRN
सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रसाईलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

रास्वपा केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरेकाे थियाे ।

काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update