NRN
निर्वाचन आयोगको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा  ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ ।

दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ । स्थानीय तहमा ४३ पद रिक्त छ ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update