NRN
राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय दलित आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष ०८०– ८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । 

आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको तर्फबाट वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update