NRN
सडक, खानेपानी र जनसरोकार विषयमा मन्त्रीको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि मण्डल काठमाडौंमा

सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको छ । 

गत भदौ १३ र १७ गतेको भीषण वर्षाले कोशी राजमार्गमा भएको क्षति, धरान उपमहानगरपालिका–१३ भएर बग्ने खहरेखोलाको बाढीबाट  भौतिक पूर्वाधारमा भएको हानी,  पुनःनिर्माणलगायत जनसरोकारका विषय सम्बोधनका निम्ति तत्काल सहायता जुटाउने उद्देश्यले प्रतिनिधिमण्डल राजधानी पुगेको हो । 

मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालीन र दिर्घकालीन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update