इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका छन् । ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेका तीनै जनालाई हिजो (बुधबार) काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी पक्राउ परेका छन् । त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ पर्नेमा रोमन कार्की छन् ।
इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी उनीहरूलाई दुबईबाट पक्राउ गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १२:३२
प्रतिक्रिया दिनुहोस्