अभियान्ता आशिका तामाङविरुद्ध प्रहरीमा उजुरी
अभियन्ता आशिका तामाङविरूद्व प्रहरीमा उजुरी परेको छ । भक्तपुरको साँगानजिकै रहेको झोलुङ्गे पुलमा अराजक गतिवधि गरेको आरोपमा आशिका तामाङविरूद्ध उजुरी परेको हो ।
सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० जोड्ने झोलुङ्गे पुलमा तोडफोड र सार्वजनिक सम्पतिमा हस्तक्षेप गरेको भन्दै सूर्यविनायक नगरपालिकाले तामाङविरूद्ध मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।
तीन वर्षदेखि सञ्चालनमा आएको झोलुङ्गे पुलमा वारपार गरेबापत नगरपालिकाले २० रूपैयाँ शुल्क लिदै आएको छ । नगरपालिकाले उक्त पुल पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क उठाइएको बताउँदै आएको छ ।
पुल तर्न शुल्क लिएको भन्दै असोज ७ गते तामाङ नेतृत्वले टोलीले अस्थायी संरचना तोडफोड गरेको नगरपालिकाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्