शुक्रबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।
बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्